लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

भाद्र ३१, २०८१ | बुटवल

प्रदेश योजना आयोग लुम्बिनीको उपाध्यक्षमा डा. डिल्लीराज अर्याल नियुक्त हुनु भएको छ । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले उपाध्यक्षमा अर्यालसहित अन्य तीन सदस्य पनि नियुक्त गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी डा. अर्याल र सदस्यमा रोल्पाको परिवर्तन गाउँपालिका–६ का डा.सुदनकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१६ का भुवन चौधरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय हो ।

त्यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिका–४ को केन्द्र चिराघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय भएपछि सरकारले सिफारिस गरेको हो । 

बैठकले गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागी पनि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पन्थीले बताउनुभयो । 


प्रतिक्रिया