गर्भनर नियुक्तिमा ढिलाइ भएको भन्दै सांसदहरुको आपत्ति

जेष्ठ १, २०८२ | काठमाडौं

प्रतिपक्षी दलहरुले राष्ट्र बैंकका गर्भनर नियुक्तिमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले गर्भनर नियुक्ति गर्न नसक्दा दुई तिहाई बहुमतको सरकारमाथि प्रश्न उठेको समेत बताएका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रकी सांसद रेखा शर्माले गर्भनर नियुक्ति नहुँदा देशकै बेइज्जत भएको टिप्पणी गर्नुभयो ।

राप्रपाकी सांसद रोशन कार्कीले गर्भनरको पद लिलामीमा चढेको टिप्पणी गर्नुभयो । उहाँले कायममुकायम गर्भनर निलम ढुंगानालाई नै गर्भनर बनाएर महिलाको सम्मान गर्न आग्रह गर्नुभयो ।

राष्ट्र बैंकको गर्भनर नियुक्ति नभएको भन्दै सरकारको चर्को आलोचना भइरहेका छन् । सत्तारुढ दलबीच भागबन्डा नमिल्दा र स्वार्थ समूहको हितमा काम गर्न खोज्दा गर्भनर जस्तो संवेदनशील पदमा नियुक्तिमा विलम्व भएको आरोप समेत लागेको छ । 


प्रतिक्रिया