भन्सार छलिको डेढ करोडको कपडा बरामद

आश्विन ३, २०८१ | काठमाडौं

मकवानपुर प्रहरीले करिब एक करोड ३५ लाख रुपैयाँ बराबरको भन्सार छलेर ल्याइएको कपडा बरामद गरेको छ ।

प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट लत्ताकपडा, सवारी साधनसहित २ जनालाई पक्राउ गरेको हो । 

सुनसरीबाट हेटौंडा हुँदै काठमाण्डौ आउदै गरेको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकका चालक भारतीय नागरिक ३० वर्षीय जन्दार आलम र सहचालक १९ वर्षीय मुना मियालाई प्रहरीले पक्राउ गरेको हो । 


प्रतिक्रिया