लागूऔषधसहित भैरहवाबाट तीन जना पक्राउ

आश्विन ३, २०८१ | काठमाडौं

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा रुपन्देहीको भैरहवाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिद्धार्थनगर–४, लुम्बिनी रोडमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

लागू औषध सहित मर्चवारी गाउँपालिका–१, शैलेसकुमार सहानी, कोटहीमाई–२, का रामकरण हरीजन र भारतीय नागरिक सुरज कुम्हाल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरु सवार मोटरसाइकल र स्कूटर रोकेर जाँच गर्ने क्रममा लागूऔषध बरामद गरिएको हो ।


प्रतिक्रिया