दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

आश्विन ३, २०८१ | काठमाडौं

दाङको लमही नगरपालिका–६ बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक घोराही उपमहानगरपालिका–१८ नवलपुरका २२ वर्षीय श्रवन कुमार पुन र मोटरसाइकलमा पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रसाद तिमिल्सिनाले बताउनुभयो । 

लमहीबाट घोराहीतर्फ जांदै गरेको मोटरसाइकल आज बिहान अनियन्त्रित भई पल्टिदा दुबै जना घाइते भएका थिए । 

घाइते दुबै जनालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया