चाडपर्व लक्षित बजार अनुगमन सुरु
आश्विन ४, २०८१ | काठमाडौं
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा एकै दिन १६ वटा व्यवसायीक फर्मलाई कारवाही गरेको छ ।
चाडपर्वको मौसम शुरु भएसंगै विभागले गत असोज २ गते विहिबार उपत्यकाकाका १६ वटा उद्योग तथा कम्पनी एवं पसललाई कारवाही गरेको हो ।
अनुगमनका क्रममा दोषी पाईएका व्यवसायिक फर्मलार्य न्यूनतम १० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टीकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ ।
विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्र बनाएको छ ।
काठमाडौं उपत्यका सहित मुलुकभर स्थानीय तह मार्फत बजार अनुगमनलाई तिव्र पारिएको विभागको भनाई छ ।
चाडपर्वको मौसममा विषेशगरी बढी मुल्य लिने, अखाद्य बस्तु विक्री वितरण गर्ने जस्ता कार्य हुने गरेकाले बजार अनुगमनलाई तिव्रता दिईएको विभाले जनाएको छ ।