संघीय संसदमा प्रधान न्यायाधीश र राजदूत नियुक्तिका लागि सुनुवाइ आह्वान
आश्विन ४, २०८१ | काठमाडौं
संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश र विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको नियुक्तिका लागि सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
समितिले आज एक सूचना जारी गर्दै प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत एवं बेल्जियम र अष्टे«लियाका लागि प्रीस्तावित राजदूतविरुद्ध उजुरी भए दिनका लागि आव्हान गरेको हो ।
बेल्जियमका लागि सेवा लम्साल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवलाई सरकारले राजदूतमा सिफारिस गरेको थियो ।
१० दिनभित्र आफ्ना उजुरी वा सरोकारहरू लिखित रूपमा समितिसमक्ष पेश गर्न आह्वान गरिएको छ ।
उजुरी वा सरोकारहरू समितिको सचिवालय सिंहदरबारमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ ।
यसैविच, संसदीय सुनुवाई समितिले सरकारबाट १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ ।