यूूएनको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जाँदै

आश्विन ४, २०८१ | काठमाडौं

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अहिले केहीबेरमा अमेरिका जाँदैहुनुहुन्छ । राष्ट्रसंघीय महासभामा नेपालले जलवायु परिवर्तनको मुद्धालाई उठाउने तयारी गरेको छ ।

जलवायु परिवर्तनले अल्पविकसित राष्ट्रमा परेको असर, विश्वमा शान्ति स्थानपा, खाद्य सुरक्षा जस्ता विषयलाई नेपालले उठाउने तयारी गरेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल केहीबेरमा अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो ।

राष्ट्रसंघीय महासभाको उच्चस्तरीय सत्रलाई प्रधानमन्त्री ओलीले असोज १० गते सम्वोधन गर्ने कार्यक्रम छ । 

अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीलेसमिट अफ द फ्यूचरसहित विभन्नि कार्यक्रममा सम्वोधन गर्नुहुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यूएनका महासचिव एन्टोनियो गुटेरेससंग भोली भेटवार्ता गर्नुहुनेछ । 

उहाँले न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरुलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सिङ द फुचर’ मा सम्बोधन गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसंग साईडलाईन भेटवार्ताको तयारी नेपाली पक्षले गरेपनि निश्चित भइसकेको छैन । 


प्रतिक्रिया