बढी पहिरोमा परि ३० जना अझै बेपत्ता

आश्विन १४, २०८१ | काठमाडौं

अविरल वर्षाका कारण बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाको संख्या १ सय ९२ पुगेको छ । गृह मन्त्रालयका अनुसार ३० जना बेपत्ता भने अझै बेपत्ता छन् ।

प्राकृतिक विपद्मा परी १ सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । 

बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करीब चार हजार पाँच सय भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको प्रवक्ता तिवारीले बताउनुभयो ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । 

यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि गृह मन्त्रालयका प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया