संसदलाई पारदर्शी बनाउन नयाँ नजिर स्थापित गर्नुपर्छ : सभामुख अर्याल
वैशाख ४, २०८३ | काठमाडौं
सभामुख डोलप्रसाद अर्यालले संसदलाई पारदर्शी बनाउन नयाँ नजिर स्थापित गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले आगामी बजेट अधिवेशनलाई फरक ढंगमा सञ्चालन गर्ने सोचाइमा आफू रहेको बताउनुभयो ।
संसदको प्रभावकारितालाई लिएर टिप्पणी हुँदै आएकोमा सभामुख अर्यालले पारदर्शी ढंगमा व्यवस्थापिकालाई अघि बढाउने बताउनुभएको हो ।







