पीएम कपको फाइनल आज
वैशाख ४, २०८३
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा हुँदैछ ।
खेल वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा अहिले केहीबेर पछि सुरु हुनेछ । आर्मी फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
आर्मीले यसअघि सन् २०१७ र सन् २०२१ मा प्रतियोगिता जितेको थियो । सुदूरपश्चिम भने पहिलोपटक उपाधिमाथि कब्जा जमाउने रणनितीमा हुनेछ ।
सुदूरपश्चिमले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । यसअघि भएका सातवटै संस्करणमा सुदूरपश्चिमले समूह चरण पार गर्न सकेको थिएन ।










