मुलुकभरका १६ राजमार्गका ४५ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध

आश्विन १४, २०८१ | काठमाडौं

गत शुक्रबार र शनिबारको निरन्तरको वर्षाका कारण मुलुकभरका १६ वटा राजमार्गका ४५ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकामा यातायात ठप्प बनेको सडक विभागले जनाएको छ ।

हाल उपत्यकाबाट बाहिरिने सबै राजमार्गमा बन्द रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नागढुंगा, धुलिखेल, दक्षिणकाली नाका, लगायत स्थानमा यातायात सञ्चालन गर्ने क्रम जारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले बताउनुभयो ।

नागढुंगा नाका नजिकैको झ्याप्ले खोलामा उपत्यका प्रवेश गर्ने सवारी साधन एकतर्फी रुपमा खुलाइएको छ । सो नाका आज साँझसम्म दुईतर्फी रुपमा सुरु गर्ने तयारी रहेको प्रवक्ता खड्काले बताउनुभयो । 

यस्तै, उपत्यकाका अन्य नाका सञ्चालन हुन अझै केही दिन लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, टोखा छहरे नाकाबाट भने हलुका सवारी साधन आवत जावत गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया