रास्वपाबाट भइरहेको आवान्छित गतिविधि रोक्न सरकारलाई एमाालेको ध्यानाकर्षण

कार्तिक ८, २०८१ | काठमाडौं

सत्तारुढ दल एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट भइरहेको आवान्छित गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाका सांसद, नेता र कार्यकर्ताहरूले पोखरामा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउबारे दैनिक रूपमा गरिरहेको प्रदर्शनप्रति आपत्ति जनाउँदै एमालेले त्यस्ता गतिविधि रोक्न भन्दै ध्यानाकर्षण गराएको हो ।

एमाले महासचिव शंकर पोखरेलले आज जारी गरेको वक्तव्यमा कानुनबमोजिम भइरहेको काम र त्यसमा संलग्न अधिकारीहरूलाई बाधा पार्ने गरी रास्वपाका नेताहरुले गैरकानुनी कार्यहरू गरिरहेकाले त्यसलाई रोक्न सरकारसँग आग्रह समेत गरिएको छ ।

संसदले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढेको अवस्थामा छानविन र अभियोजको कामलाई प्रभावित गर्नेगरी रास्वपा लगायतका संस्था र व्यक्तिहरुका तर्फबाट भइरहेको आवान्छित गतिविधि प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेले सरकारलाई समेत सो प्रकारको गतिविधि नियन्त्रण गर्न स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण तयार गर्न समेत आग्रह गरेको छ । 


प्रतिक्रिया