गोरुसिंगेमा जीपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/news/gorusinge-1729763197.png&w=700&height=600)
कार्तिक ८, २०८१ | कपिलवस्तु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका २, गोरुसिंगेमा जीपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ४ जना घाईते भएका छन् ।
दुर्घटनामा परि बुद्धभूमि नगरपालिका १० जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षीय सावर केवटको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक वीरबहादुर सुनारले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ता लिन गोरुसिंगेस्थित बैंक जाँदै गर्दा उनीहरु सवार अटोलाई पूर्वतर्फ जाँदै गरेको स्कर्पियोले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । घाइतेको बुटवलमा उपचार भईरहेको छ ।