लुम्बिनीमा थपिए तीन मन्त्री

कार्तिक ७, २०८१ | काठमाडौं

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । 

मुख्यमन्त्री आचार्यले काँग्रेसबाट दुई र जनता समाजवादी पार्टी नेपालबाट एक मन्त्री थप्नुभएको हो । मुख्यमन्त्री आचार्यले काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास मन्त्री, देवकरण कलवारलाई वन तथा वातावरण मन्त्री बनाउनुभएको छ ।

 यस्तै, अशोक राई नेतृत्वको जसपा नेपालबाट आदेशकुमार अग्रवाल आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मन्त्रीहरुको सपथग्रहण भोलि गर्ने तयारी भएको छ । 

तेस्रो पटक विस्तार गरेपनि लुम्बिनीमा मन्त्रीमण्डलले पूर्णता भने पाएको छैन । १२ मन्त्रालय मध्ये युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री बन्न बाँकी छ । 


प्रतिक्रिया