न्याय परिषद् सदस्यमा खड्काको नाम सिफारिस

पुस २७, २०८१ | काठमाडौं

नेपाल बार एसोसिएशनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सिफारिस गरेको छ । 

बार कार्यसमितिको बैठकले खड्कालाई सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको बारकी महासचिव अञ्जिता खनालले जानकारी दिनुभयो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्यमा नियुक्त हुनुहुनेछ । 

न्यायपालिकासँगको विवाद उत्पन्न हुँदा बारले आफ्नो तर्फबाट सदस्य पठाउन मानेको थिएन । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले गत मंसिर १५ गतेबाट अवकाश पाएपछि परिषद सदस्य पद रिक्ते थियो । 

पाँच सदस्यीय न्याय परिषद्मा प्रधान न्यायाधीशको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एशोसियशनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानुनविद् सदस्य रहने व्यवस्था छ । 


प्रतिक्रिया