थारू समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने

पुस २६, २०८१

थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको जानकारी दिनुभयो । 

काठमाण्डौं र आसपास बसोबास गर्ने थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको र थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेको उहाँको भनाई थियो । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने छ । 

यसवर्ष ’थारू संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो । २० बढी थारू संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारू परिकार, प्रदर्शनी सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायत करिब १ सय बढी स्टलहरू रहने आयोजकले जनाएको छ । 


प्रतिक्रिया