समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा जनसभा गर्ने

चैत्र १, २०८१ | काठमाडौं
माओवादी केन्द्रसम्मिलित समाजवादी मोर्चाले काठमाडौंमा गणतन्त्रको पक्षमा जनसभा गर्ने निर्णय गरेको छ ।
आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बिहान बसेको बैठकले आगामी चैत १५ गते काठमाडौंमा प्रतिक्रियावादीविरुद्ध प्रर्दशनसहित सभाको कार्यक्रम गर्ने निर्णय गरेको हो ।
मोर्चाले आन्दोलनको कार्यक्रमबारे बुद्धिजीवी र नागरिक समाजसँग भोली अन्तरक्रिया गर्ने भएको छ । पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन विरोधका कार्यक्रम गर्ने तयारी भएको नेकपा नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।