जलवायु परिवर्तनले नागरिकलाई गम्भीर असरः वन तथा वातावरणमन्त्री ठकुरी

चैत्र १, २०८१

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले गर्दा नेपालको विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई गम्भीर असर परेको बताउनुभएको छ । बेलायतमा आयोजित जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा मन्त्रीस्तरीय गोलमेच कार्यक्रममा नेपालको तर्फबाट मन्तव्य दिदै मन्त्री शाहीले सो धारणा राख्नुभएको हो ।

नेपालको पारिस्थितिकी तन्त्र र जीविकोपार्जनमा जलवायु परिवर्तनले जीवन–मरणका चुनौतीहरू सामना गर्न भइरहेको पहलबारे उहाँले जानकारी गराउनुभएको थियो । मन्त्री शाही बेलायती राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा समेत सहभागी हुनुभएको थियो । 


प्रतिक्रिया