राजाबादी दल र समूहको पछिल्ला गतिविधिप्रति नागरिक समाजको आपत्ति

चैत्र १, २०८१

नागरिक समाजले राजाबादी दल र समूहको पछिल्ला गतिविधिप्रति आपत्ति जनाएको छ । वृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै जनआन्दोलन र जननिर्वाचित संविधानसभामार्फत् बिदा गरिएको राजतन्त्र पुनस्र्थापित गर्न पुरातनवादी शक्तिहरूको गतिविधिप्रति गहिरो ध्यानाकर्षण भएको जनाएको छ । 

जनताको संघर्ष र बलिदानले निर्मित संविधानलाई उल्टाउने तथा नेपाली समाजमा द्वन्द्व सृजना गर्ने र मुलुकलाई अस्थिरताको दुश्चक्रमा फसाउने कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ । नागरिक समाजले संविधान र लोकतन्त्रको रक्षाका लागि एक जुट हुन आग्रह समेत गरेका छन् । 


प्रतिक्रिया