रौतहटमा स्ववियु निर्वाचनको मतदान सुरु

चैत्र ५, २०८१ | रौतहट
रौतहटको चन्द्रपपुरस्थित जनज्योती बहुमुखी क्याम्पसमा मंगलबार बिहानबाट स्ववियुको निर्वाचत अन्तर्गत मतदान सुरु भएको छ । नेविसंघ, अनेरास्वियू, अखिल (कान्तिकारी), समाजवादी बिद्यार्थी युनियनका गरी ३४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
बिहान सुरु भएको मतदानमा २ हजार ९ सय ५४ मतदाता रहेको निर्वाचन समितका संयोजक विनोद तिमल्सिनाले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि बिहानबाट मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिव लगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित हुनेछन् । अहिले शान्तिपूर्ण तरिकाले मतदान भईरहेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । मतदानका लागि विद्यार्थीहरु बिहानदेखि लाईन लागेका छन् ।