“शून्य शैक्षिक गरिवी” अभियान शुरु

चैत्र १९, २०८१ | ललितपुर
दुर्गम समुदायको शैक्षिक क्षेत्रमा क्रियाशील यूडब्लूएस नेपाल नामक संस्थाले “शून्य शैक्षिक गरिवी” अभियान शुरु गरेको छ । ललितपुरमा आयोजित “युके एड म्याच चौथो चरण” परियोजनाको उपलव्धिको समीक्षा गर्दै सो संस्थाले अभियानको औपचारिक घोषणा गरेको हो । अभियान घोषणाका क्रममा संस्थाका राष्ट्रिय निर्देशक सुर्य कार्कीले कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित नहुन् भन्ने सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अभियानले सन् २०३० सम्म एक लाख विद्यार्थीलाई गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्ने र ५ हजार शिक्षकलाई आवश्यक तालिम प्रदान गर्ने लक्ष्य राखिएको सो संस्थाले जनाएको छ ।
अभियान घोषणा अघि “युके एड म्याच चौथो चरणः सिकाइदेखि कार्यन्वयनसम्म” शीर्षकमा सरोकारवालाबीच अन्तक्र्रिया भएको थियो । कार्यक्रममा शिक्षा नीतिमा सुधार, डिजिटल शिक्षाको प्रवद्र्धन, भौतिक पूर्वाधार विकास र शिक्षक तालिम लगायत बिषयमा संस्थाको कार्यक्षेत्रभित्रका स्थानीय सरकारका प्रतिनिधिले बहस गरेका थिए । त्यस्तै, अर्को प्यानल छलफलमा आधारभूत तहको साक्षरता, शैक्षिक वित्तिय व्यवस्थापन र नीतिगत कमजोरीबारे समिक्षा भएको संस्थाले जनाएको छ ।
नेपालमा सन् २०१५ मा स्थापित यूडब्लूएस नेपालले ५ वटा जिल्लाका २८ वटा स्थानीय तहका ३ सय २१ दुर्गम समुदायमा शैक्षिक रुपान्तरढाका लागि कार्यक्रम गरेको छ । संस्थाले १ सय ७ विद्यालयका २० हजार ६ सय ९० जना विद्यार्थीलाई गुणस्तरिय शिक्षाको पहुँचमा पु¥याएको दावी गरेको छ ।