दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य

चैत्र १९, २०८१

संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका अधिवेशन आज रातिबाट अन्त्य गरेपछि प्रतिनिधिसभाको अन्तिम बैठक आज बस्यो । 

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले संघीय संसद्का दुवै सदनका चालू अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

संविधान बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रुपमा रहेको संसद्को चालू अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो । 


प्रतिक्रिया