रास्वपाको जनयात्रा शुभारम्भ सभा आज

चैत्र २३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवनबाट आजदेखि जनयात्रा सुरु गर्ने भएको छ । भरतपुरमा दिउँसो २ बजे राखिएको कार्यक्रमको शुभारम्भ कार्यवाहक सभापति डोलप्रसाद अर्यालले गर्नु हुने छ । सहकारी प्रकरणमा लामिछाने गएराती पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्यालले पाउनुभएको हो । 

लामिछानेले भरतपुरमा राखिएको कार्यक्रमलाई भव्य, सभ्य र शान्तिपुर्ण बनाउन पार्टी पदाधिकारीलाई निर्देशन दिनुभएको छ । समाधान र सम्भावनाको संकल्पका रुपमा अघि सारिएको यो अभियानलाई रास्वपाले भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँँ र बस्तीमा लिएर जाने नेताहरुले बताएका छन् ।

चितवनवासीको नाममा सम्बोधन गर्दै करिब ३ महिना प्रहरी हिरासतमा रहँदाको अवस्था, सरकारको नियतलगायतमा खुलस्त पार्ने सभापति लामिछानेको योजना थियो । तर सभाको अघिल्लो दिननै लामिछाने पक्राउ पर्नु भएको छ । 


प्रतिक्रिया