सामसङले ल्यायो ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर

चैत्र २७, २०८१

विद्युतीय सामग्री उत्पादक सामसङले सामसङ आफ्ना ग्राहकका लागि नेपाली नयाँ वर्षको अफर ल्याएको छ । सामसङ नेपालले एक विज्ञप्ति जारी गर्दै नयाँ वर्ष विसं. २०८२ को अवसर पारेर ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर ल्याएको जानकारी दिएको हो । 

आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभ लगायत उपकरण खरिदमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहितको यो अफरले ग्राहकको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीले जनाएको छ ।

त्यसैगरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वासिङ मेसिन पनि यस अफरमा समावेश छन् । ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वासिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक निशुल्क पाइने कम्पनीले जनाएको छ । साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको विज्ञप्तिमा उल्लेख छ ।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकले शून्य प्रतिशतमा १२ महिनासम्म र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् । 

 निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सामसङको एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कम पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लाएन्समा ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत पाइनेछ ।


प्रतिक्रिया