अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा गौतम निर्वाचित

चैत्र २७, २०८१
अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट रास्वपाकी सांसद सोबिता गौतम निर्वाचित हुनुभएको छ । उज्बेकिस्तानको तासकन्दमा जारी १ सय ५० औं अन्तर व्यवस्थापिका संघको महासभाले गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा आज सांसद गौतम निर्वाचित हुनु भएको हो ।
आईपीयूको स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो । नवगठित समितिको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ । स्वास्थ्यसम्बन्धी समितिमा नेपालबाट रास्वपा सांसद गौतमसहित १३ जना निर्विरोध निर्वाचित हुनु भएको हो ।