जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र यादव पक्राउ

वैशाख ७, २०८२ | काठमाडौं
जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार ललितपुर प्रहरी परिसरको पत्रपछि ठगी तथा आपराधिक विश्वासघात मुद्दामा यादवलाई पक्राउ गरिएको हो । जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवको जाहेरीमा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता भई ललितपुर जिल्ला अदालतवाट जारी पक्राउ पुर्जीका आधारमा यादवलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
पार्टीको कोषमा अनियमितता गरेको तथा पार्टी र अध्यक्षविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै जनमत पार्टीले यादवलाई केही समयअघि निलम्बन गरेको थियो ।