डोटीमा खाद्यन्न बोकेको ट्रक दुर्घटना, तीन जनाको मृत्यु

वैशाख १०, २०८२ | काठमाडौं
डोटीमा खाद्यन्न बोकेको मिनिट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको मिनिट्रक आज बिहान ६ बजेतिर अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खसेको थियो । घटना बारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।