आन्दोलनमा सहभागी हुन केन्द्राध्यक्षलाई महासंघको ताकेता

वैशाख ९, २०८२

सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक लगायत शिक्षकलाई काठमाडौं आउन अपिल गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षा बहिष्कार गर्दै काठमाडौंमा जारी सडक आन्दोलनमा सहभागी हुन ताकेता गरेको हो । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा ११ गतेबाट सञ्चालन हुने परीक्षामा सहभागी नहुन शिक्षक कर्मचारीलाई आग्रहसमेत गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रमुख जिल्ला अधिकारीमार्फत निजामति कर्मचारी खटाएर भएपनि परीक्षा सञ्चालन गर्ने जनाउँदै आएको छ ।


प्रतिक्रिया