सिफलचौरमा आजपनि राजावादीको प्रदर्शन

जेष्ठ २०, २०८२ | काठमाडौं
संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र पुर्नस्थापनाको माग राखेर आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले आज काठमाडौंको सिफलचौरमा प्रदर्शन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा निधेषाज्ञा जारी गरेपनि राप्रपा, राप्रपा नेपालसहित राजावादी संगठनले विरोधसभाका कार्यक्रम राखेका हुन् । अघिल्ला दिनको तुलनामा प्रदर्शनमा सहभागीता कम देखिएको छ । प्रशासनले विभिन्न स्थानमा निधेषाज्ञा जारी गरेपनि विरोधसभाका कार्यक्रम भने यथावत नै रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।