इजरायल र इरानबीचको युद्ध आक्रामक बन्दै

जेष्ठ ३१, २०८२ | काठमाडौं
इरान र इजरायलले एक अर्काविरुद्धको आक्रमणलाई तीब्रता दिएका छन् । दुवै पक्षको हमला आक्रामक बन्दै गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
इरानको क्रान्तिकारी गार्डले इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । इजरायलको जेरुसेलम र तेल अभिभमा हवाई आक्रमण जारी राखेको बताइएको छ ।
उता, तेहरानमा पनि इजरायलले गराएको विस्फोटका आवाज सुनिएको स्थानीयलाई उदृत गर्र्दैै विभिन्न सञ्चार माध्यमले जनाएका छन् । इजरायलले गरेको पछिल्लो आक्रमणमा ७८ जना इरानीको मृत्यु भएको पुष्टि गरिएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका भएको उल्लेख छ ।
इजरायलले वरिष्ठ सैनिक अधिकारी र आणविक वैज्ञानिकलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेपनि अधिकांश महिला र बालबालिकाको मृत्यु भएको समाचारमा जनाइएको छ । आक्रमणमा तीन सय भन्दा बढी घाइते भएका छन् ।