संसदको अवरोध हटाउने निर्णयमा गोप्य समझदारी छैनः अध्यक्ष दाहाल

जेष्ठ ३१, २०८२ | काठमाडौं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज झापा पुग्नु भएको छ । पार्र्टी निकट विभिन्न पाँच वटा जातीय मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटनका लागि उहाँ दमक पुग्नु भएको हो । विभिन्न जातीवादी संघ संगठनले कोशी प्रदेशको नाममा विरोध जनाइरहेका बेला माओवादीले जातीय मोर्चालाई जागृत गराउन खोजेको छ । 

राष्ट्रिय सम्मेलनमा कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झाँगड उराव राष्ट्रिय मुक्ति मोर्चा र मेचे राष्ट्रिय मुक्ति मोर्चा सहभागी छन् । माओवादीले तत्कालिन प्रदेश १ को नामाकरणमा गल्ती स्वीकार्दै त्यसलाई सच्याउने प्रतिबद्धता जनाएको छ । 

माओवादीले पुनः जातीय राजनीति गर्न खोजेको भन्दै कतिपयले आलोचना गरेका छन् । झापा जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले संसदको अवरोध हटाउने निर्णय कुनै सेटिङ वा गोप्य समझदारी अन्तर्गत नभएको स्पष्ट पार्नुभयो । संसदको अवरोध हटाउने निर्णय सरकारले एक महिनाभित्र छानबिन समिति गठन गर्ने भनेपछि मात्र सहमति भएको उहाँको भनाइ छ ।


प्रतिक्रिया