प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

जेष्ठ ३१, २०८२ | काठमाडौं
पोखरामा आयोजित प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ ।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपीएफले पुलिसमाथि २५–१९, २५–२० र २५–१३ को जित निकालेको हो । उपाधि विजेता टोली एपीएफले ६ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको पुलिस क्बले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
तेस्रो स्थानका लागि आजै भएको खेलमा एभरेष्ट भलिबल क्लबलाई न्यू डायमण्ड स्पोर्टस क्लबले ३–० कै सोझो सेटमा पराजित गर्यो । तेस्रो भएको न्यू डायमण्डले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।