इजरायललाई सहयोग गरे बेलायत, अमेरिका र फ्रान्समा आक्रमण गर्ने इरानको चेतावनी

जेष्ठ ३१, २०८२ | काठमाडौं

इरान–इजरायल युद्ध चर्किदै जाँदा इजरायललाई सहयोग गर्ने मुलुकविरुद्ध इरानले सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । 

इरानले इजरायललाई सहयोग गरेमा बेलायत, अमेरिका र फ्रान्सका सन्ैय शिविर तथा पानीजहाजमा आक्रमण गर्ने धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले हिजो बिहानैदेखि इरानमा राइजिङ लायन नामक सैन्य कारवाही सुरु गरेको थियो । त्यसपछि इरानले बदला स्वरुप इजरायलमा आक्रमण गरेको हो । 

त्यसयता मध्यपूर्व तनावग्रस्त भएको छ । इजरायलले गरेको आक्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेरै समर्थन गरेपछि इरानको यस्तो अभिव्यक्ति आएको हो । यद्यपी, इरानले दिएको चेतावनीमा बेलायतले कुनै प्रतिक्रिया जनाएको छैन । यसैबीच, इजरायली रक्षा मन्त्रालयले इरानले क्षेप्यास्त्र आक्रमण नरोके तेहरामा जवाफि आक्रमण गर्नेे धम्की दिएको छ । 


प्रतिक्रिया