बालबालिकासम्बन्धी पहिलो संसोधन विधेयक संसदमा प्रस्तुत

असार २५, २०८२
सरकारले बालबालिकासम्वन्धी पहिलो संसोधन विधेयक प्रतिनिधिसभामा अघि बढाएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले सो विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो ।
बालबालिकासम्वन्धी विधेयक पेश गर्नुका साथै संवैधानिक परिषद्सम्वन्धी विधेयकमा राष्ट्रिय सभाको संसोधनलाई स्वीकार गरेपनि प्रतिनिधिसभाको आजको कार्यसूचिबाट भूमिसम्वन्धि विधेयक भने हटाइएको छ ।
सो विधेयक पारित गर्ने तयारी भएपनि सत्तारुढ कंग्रेसको असहमतिपछि कार्यसूचिबाट हटाइएको हो । कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्वन्धि विधेयक कार्यसूचिबाट हटाउन माग गर्नुभएको थियो ।