पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु सकारात्मक छः भलनाथ खनाल

असार २८, २०८२ | काठमाडौं

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।

चीनको भ्रमण सकेर आज स्वदेश फर्किएका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै वामपन्थी एकता आवश्यक ठानेर एमालेमा प्रवेश गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।

भण्डारी एमालेको राजनीतिमा फर्किएपछि एमाले वृत्तबाटै विरोध भइरहेका बेला एकीकृत समाजवादीका नेताले भने स्वागत गरेका हुन् । एमालेले पहल गरेको भए वामपन्थी एकता हुनसक्ने सम्भावना भएको खनालको भनाइ थियो ।  


प्रतिक्रिया