एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता गर्ने सहमति

असार २७, २०८२ | काठमाडौं
एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता गर्ने सहमति भएको छ । सहमतिपत्रमा समाजवादीका अध्यक्ष नेपाल र अभियानको तर्फबाट नेता गौतमले हस्ताक्षर गर्नुभएको छ । दुई पार्टीबीच एकता घोषणा भने आगामी साउन २ गते काठमाडौं हुने भएको छ ।
राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै एकताका लागि सहमति गरिएको ती दलका नेताहरुले बताएका छन् । एमाले फर्किने प्रयास सफल नभएपछि नेता गौतम एकीकृत समाजवादीसँग एकता गर्न तयार हुनुभएको हो ।
२०७८ सालमा एमाले विभाजन भएपछि कुनै दलमा नलागी गौतमले एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आउनुभएको थियो ।