खतराको सूचीबाट हट्यो लुम्बिनी

असार २७, २०८२ | काठमाडौं

विश्व सम्पदास्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ । फ्रान्सको पेरिसमा भइरहेको युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४७ औं सेसनले संरक्षणमैत्री र सुधारका काम भइरहेकाले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । 

युनेस्कोले लुम्बिनीको समग्र अवस्था बुझ्नका लागि रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाउने निर्णय समेत गरेको छ । यसअघि पनि वल्र्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो । 


प्रतिक्रिया