प्रशिक्षक र व्यवस्थापन पक्षको असमझदारीपछि नेपाली महिला फुटबलमा विवाद

असार २८, २०८२ | काठमाडौं
एएफसी एसियन कप छनोको निर्णायक खेलमा नेपाली महिला फुटबल टोली पराजित भएसँगै विकसीत घटनाक्रमले अहिले खेल क्षेत्रमा नयाँ बहस शुरु भएको छ । उज्वेकिस्तानमा आयोजित प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोलीसँग नेपाली टोली पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भएसँगै नेपाली फुटबलको नियामक निकाय एन्फा, व्यस्थापन, खेलाडी र प्रशिक्षकको भूमिकालाई लिएर बहस शुरु भएका हुन् । पछिल्लो साता सार्वजनिक विवादले तुलनात्मक रुपमा पुरुष भन्दा सफल देखिएको महिला फुटबल टोली भविष्यलाइ लिएर चासो बढ्दै गएको छ ।
नेपाली महिला फुटबलको इतिहासमा पहिलो विदेशी प्रशिक्षकका रुपमा आएका प्याट्रिक डे वाइल्डको सुरुवाती कदमनै विवादमा परेको छ । नेपाली खेलाडी र व्यवस्थापक अखिल नेपाल फुटबल संघ नेपाल एन्फासँग असन्तुष्ट देखिएका वाइल्ड उज्वेकिस्तानमा आयोजित प्रतियोगिताबाट नेपाल नआई बेल्जीएम जानु र खेलाडीको जिम्मेवारी परिवर्तन गराएपछि विवादमा परेका हुन् । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको नेपालको १ सयौं अन्तर्राष्ट्रिय खेलअघि कप्तान तोक्ने विषयलाई लिएर मुख्य प्रशिक्षक डी वाइल्ड र टिम व्यवस्थापनबीच विवाद उत्पन्न भएको थियो ।
सोही क्रममा प्रशिक्षक वाइल्डले सावित्रा भण्डारीलाई नयाँ कप्तानका रुपमा जिम्मेवारी दिएका थिए । सो बारे समस्या नभए पनि पूर्व जानकारी नदिएको भन्दै व्यवस्थापन पक्ष रुष्ट देखिएको छ । टीममा देखिएको विवाद बारे एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा समेत सार्वजनिक गरिसकेको छ । प्रशिक्षक वाइल्डले विना जानकारी कप्तानको जिम्मेवारी फेरेको टिम व्यवस्थापक सरिला श्रेष्ठ बताउँछिन् । पत्रकार सम्मेलनका क्रममा उनले भनेकी छन् ‘साम्बा क्याप्टेन हामीलाई पहिले भनेको भए प्रोबलम नै छैन, नेपालमै भएको भए पनि प्रोबलम छैन । क्याप्टेन आर्म ब्यन्ड अरुलाई लगाइदिँदा हामीलाई फाइन पर्ने पो हो की भन्दा उहाँ (प्रशिक्षक) चड्किनुभयो ।’
लाओसविरूद्धको खेलका लागि प्रशिक्षक वाइल्डले नियमित कप्तान अन्जिलाको स्थानमा अन्जना राना मगरलाई खेलाएका थिए । अनि उनले कोही पनि कप्तान उल्लेख नगरी प्लेइङ–११ को नाम एन्फा व्यवस्थापनलाई उपलब्ध गराए । त्यसपछि एन्फा व्यवस्थापनले सिनियर खेलाडी र यसअघि पनि अन्जिला टिममा नहुँदा कप्तानी गरिरहेकी रेनुका नगरकोटेको नाम कप्तानमा रूपमा रहेको भन्दै सार्वजनिक गरेको थियो े। तर प्रशिक्षकले कप्तानको आर्म ब्यान्ड साम्बलाई दिने निर्णय गरेको पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएको हो ।
प्रशिक्षकले कप्तान खेलाडी परिवर्तन गरेको विषय पेचिलो बनिरहेका बेला कतिपय एन्फाका पदाधिकारीले भने कप्तान छान्न पाउने अधिकार प्रशिक्षकमा हुने बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा एन्फाका का प्राविधिक निर्देशक हरि खड्काले कप्तान परिवर्तन गर्ने जिम्मेवारी प्रशिक्षको हुने बताएका हुन् । उनले भने, ‘कोचले क्याप्टेन छान्न पाउने अधिकार हो । तर एफए सँग समन्वय गरेर । भोलि अर्को आउनुभयो भने अर्कोले अर्कोलाई क्याप्टेन देख्न सक्छ ।’
एएफसी एसियनक कप छनोटका क्रममा नेपालले बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानसँग हर व्यहोरे पनि सम्माजनक प्रदर्शन गरेको भन्दै टोलीको प्रशंसा पनि भइरहेको छ । व्यवसायीक फुटबल करिअरमा पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी सावित्रा भण्डारी प्रतियोगितामा पराजित भएपनि धेरै सकारात्मक ऊर्जा मिलेको बताउँछिन् । सामूहिक पहलमा मात्र खेलमा उच्च स्तरको प्रदर्शन गर्न सकिने तथा आगामी दिनमा कप्तान जस्ता विषयको विवाद समाधान हुनुपर्ने भण्डारीको भनाइ छ । ‘यो हाम्रो टिम भित्रको कुारा हो, भोलिको दिनमा यो खालको विवाद नआओस’ । कप्तान भण्डारीले भनिन्, ‘मैले आर्म ब्यान्ड लगाउँदैमा मैले सबैकुरा चेञ्ज गर्न सक्छु भन्ने कुरा हैन ।’
नेपाली फुटबलको इतिहासमा प्रशिक्षक र एन्फाबीच विवाद भएको यो नै पहिलो घटना भने होइन । यस अघि पनि पुरुष टिम भित्र विभिन्न विषयलाई लिएर तत्कालीन प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र एन्फाबीच टकराब उत्पन्न भएको थियो । यस पनि महिला टोलीका प्रशिक्षकले खेलाडीको बस्ने ठाउँ गुस्तरीय नभएको तथा अनावश्यक रुपमा उच्च तहबाट फोन गरेर मानसिक दबाब दिएको जस्ता आरोप लगाएका छन् । यद्यपि प्रमुख प्रशिक्षको वाइल्डले आफ्ना असन्तुष्टि नियाकम निकायलाई राख्नुको सट्ट सार्वजनिक रुपमा व्यक्त गरेको टिप्पणी समेत हुन थालेको छ । प्रशिक्षकले चालेको कदमबाट खेलाडीमा मानसिक दाबव हुन सक्ने खेल पत्रकार सञ्जिव शिल्पकार बताउँछन् । उनले भने, कोचले केही कुरा चित्त नबुझेको कुरा बोर्डसँग राख्नुपर्छ । घरेलु मैदानमा खेल्दा खेलाडीहरु दबाबमा छन् भन्ने छनक त केही पाएनौं । ’
समग्र फुटबलको नियामक निकाय एन्फाले भने प्रशिक्षक वाइल्डले लगाएको आरोपको खण्डन गरेको छ । टोलीको नेतृत्व लिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन गए पनि प्रशिक्षकले जिम्मेवारी पूरा गर्न नसकेको एन्फा महासचिव किरण राईको आरोप छ । उनले भने, ‘म बुझ्ने क्रममा छु । यो राम्रो नियतबाट आइरहेको देख्दीनँ । राष्ट्र प्रमुखले शुभकामना दिएको कुरा, विश्वास गरेर हेड बनाएर पठाएको कुरा छ एन्फा भनेको को हो त ? त्यो अन द फिल्ड त उहाँ नै हो नी । को हो एन्फा भनेको ? मान्छे त हुँदैन, जिम्मेवारी महशुस गर्नुपर्यो ।’
पछिल्लो पटक उत्पन्न विवादले नेपाली फुटबलको व्यवस्थापन र आन्तरिक समन्वयमा गम्भीर कमजोरी उजागर गरेको छ । कप्तान चयन जस्तो महत्वपूर्ण निर्णयमा प्रशिक्षक र व्यवस्थापन पक्षबीच पूर्व जानकारी र सहमतिको अभाव स्पष्ट देखिन्छ । यस्तो अवस्थामा एन्फाले फुटबल टोलीको प्रगति र स्थायित्व सुनिश्चित गर्न दीर्घकालीन रणनीति, पारदर्शी नीति र प्रशिक्षक तथा व्यवस्थापनबीच समन्वयकारी संरचना विकास गर्न आवश्यक छ ।