मधेश प्रदेशमा चाँडो भन्दा चाँडो डिप बोरिङ जडान गरीसक्न निर्देशन

श्रावण १३, २०८२

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशमा एक महिनाभित्र डिप बोरिङ जडान गरीसक्न निर्देशन दिनु भएको छ । जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखसँग छलफलका क्रममा उहाँले धान रोप्ने समय घर्किन लागेको भन्दै छिटो बोरिङ जडान गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

स्थानीय तह र मातहतका निकायहरूसँग समन्वय गर्दै तार, पोल, मिटर जडान लगायतका काम ५ देखि १० दिनभित्र गरिसक्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिनुभएको छ । विद्युत प्राधिकरण व्यापारिक संस्था भएकाले निःशुल्क विद्युत बाँड्न नसकिने भन्दै सिँचाइ र खानेपानीका लागि सस्तोमा विद्युत उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभयो । 


प्रतिक्रिया