काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको सरुवा

आश्विन ९, २०८२ | काठमाडौं

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई सरुवा गरेको छ । रिजाललाई हटाएर उद्योगमन्त्रालयमा कार्यरत सहसचिव इश्वराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको हो ।

पौडेलले करिब ८ वर्ष अघि सुन तस्करी सम्बन्धी छानविन समितिको संयोजक भएर काम गर्नु भएको थियो । उहाँकै अनुसन्धानपछि सून तस्कर गोरे पक्राउ परेका थिए ।

रिजालले काठमाडौंको सुरक्षा व्यवस्थापन गर्न नसक्दा जेनजी आन्दोलनका क्रममा मानवीय क्षति भएको आरोप लागेको छ ।

आन्दोलनका क्रममा संघीय संसददेखि सिंहदबार, सर्वोच्च अदालत र प्रहरी कार्यालयहरु ध्वस्त भएका थिए ।

यसअघिका सीडीओ रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ ।

भदौ २३ गतेको जेन–जी विद्रोहमा अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचित रिजाललाई सरुवा गरिएको बताइएको छ । 


प्रतिक्रिया