माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा विरुद्ध मुद्दा दायर

आश्विन २७, २०८२

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणमा मुछिएका पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा विरुद्ध मुद्दा दायर गरेको छ ।

महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दर्ता गरिएको कार्यालयका प्रमुख रामहरि काफ्लेले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले झन्डै तीन बर्षअघिको सुन तस्करी प्रकरणमा हिजो पूर्वसभामुख समेत रहेका महरालाई पक्राउ गरेको थियो । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको थियो ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको घटनामा समेत महरालाई उन्मुक्ति दिइएको भन्दै आलोचना समेत हुँदै आएको छ । २०७९ पुष १० गते दुबईबाट आएका चिनियाँ नागरिकले भित्र्याएको ८ करोड ५५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुन वेचविखनमा महरा संलग्न रहेको आरोप लागेको छ ।  


प्रतिक्रिया