ओमानबाट एक महिलासहित १९ जना नेपाली डिपोर्ट

आश्विन ३१, २०८२ | काठमाडौं

ओमानले साइबर ठगी गतिविधिमा संलग्न भएका एक महिलासहित १९ जना नेपालीलाई डिपोर्ट गरेको छ । 

जसमध्ये ११ जनालाई हिजै नेपाल पठाइएको छ भने ७ जनालाई आगामी सोमबार पठाउने बताइएको छ । दुई जनाको भने उडान तय भइसकेको छैन । ओमान प्रहरीले उनीहरूलाई गत मार्च १० गते ओमानको सोहरबाट पक्राउ गरेको होे । 

स्थानीय अदालतले ६ महिना कैद र तीन सय ओमानी रियाल जरिवाना लगाएको थियो । दुई जनालाई भने ६ महिना कैद र ६ सय रियाल जरिवाना लगाएको हो । 

अनुसन्धानका क्रममा उनीहरूलाई विभिन्न डिजिटल माध्यम प्रयोग गरी नक्कली रोजगारी, अनलाइन लगानी र सामाजिक सञ्जालमार्फत पैसा ठग्ने कार्यमा प्रयोग गरिएको बताइएको छ । ओमान प्रहरीले अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा सो सञ्जाललाई पछ्याउँदै पक्राउ गरेको हो । 


प्रतिक्रिया