बंगलादेशको विमानस्थलमा भएको आगलागीका कारण १ बिलियन डलरको क्षति

कार्तिक ३, २०८२ | काठमाडौं
बंगलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आगलागीका कारण १ बिलियन अमेरिकी डलरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।
विमानस्थलको कार्गो सेक्शनमा भएको भीषण आगलागीपछि विविभन्न क्षेत्रका व्यवसायीको सो रकम बराबरको क्षति भएको हुन सक्ने देखिएको छ ।
आगलागीका कारण लत्ताकपडा र कच्चा पदार्थ नष्ट भएभएपछि कतिपय व्यवसाय संकटमा पर्न सक्ने जोखिम समेत बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कार्गो सेक्सनमा लागेको सो आगो २७ घण्टापछि नियनत्रणमा आएपनि कारण भने खुलिनसकेको समाचारमा जनाइएको छ । आगलागीपछि विमानस्थलको उडान तथा अन्य सेवा समेत प्रभावित भएको थियो । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आगो नियन्त्रणका क्रममा करिब ३५ जना घाइते भएका छन् । बंगलादेश चीनपछि विश्वकै दोस्रो ठूलो कपडा निर्यातकर्ता देश हो ।
बंगलादेशको लुगा उद्योगले वार्षिक झण्डै ४० बिलियन डलरको कारोबार गर्दै आएको छ । आगालगीका कारण कतिपय तयारी कपडामा समेत क्षति भएको समाचारमा उल्लेख छ । आगालगी भएको विमानस्थलको सो कार्गो सेक्सनमा कपडाका सामग्री, औषधिजन्य पदार्थ, रसायनलगायतका सामग्री भण्डारण गरिएको थियो । बंगलादेश अन्तर्राष्ट्रिय एयर एक्सप्रेस संघले पनि क्षतिको अनुमान १ बिलियन डलर बढीको क्षति भएको जनाएको छ ।