१३ औँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुला

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १६, २०८२

काठमाडौँ । नेपालका लागि १३ औँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुला गरिएको छ । यो एक शैक्षिक प्रतियोगिता हो । जसमा नेपालमा रहेका कक्षा १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीले सहभागिताको लागि आवेदन दिन पाउँछन् ।

कार्यक्रमको सिनियर विधामा सन् २००६ जुलाई १ वा त्यसपछि जन्मेका हाल कक्षा ११ / १२ मा अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउनेछन् । त्यसैगरी, जुनियर विधामा सन् २०१० जुलाई १ वा त्यसपछि जन्मेका हाल कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउनेछन् । विद्यार्थीहरुले २०८२ पुष २५ सम्म अनलाइन फारम भरी आफ्नो नाम दर्ता गर्न सक्नेछन् । 

आवेदनसम्बन्धी सम्पूण जानकारी https://www.nepalastronomicalsociety.org/projects/olympiad/  मा उपलब्ध छ । कार्यक्रमको पहिलो चरणको परीक्षा आगामी माघ ३ गते शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, वीरेन्द्रनगर, धनगढीमा एकैपटक सञ्चालन गरिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । तीन चरणमा सञ्चालन गरिने यो कार्यक्रमको अन्तिम चरणमार्फत् प्रत्येक विधामा बढीमा १० विद्यार्थीहरुलाई सन् २०२६ मा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन अवसर प्रदान गरिनेछ । 


प्रतिक्रिया