एसईइ आजबाट सुरु

चैत्र १९, २०८२ | काठमाडौं

मुलुकभर आज माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।

परीक्षाको उत्तरपुस्तिका आजैबाट सुरु गरिँदै छ । वैशाख मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने तयारी छ ।

यस पटक ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले एसईई दिएका छन् ।

२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी रहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।

१ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ ।

उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गराउने कि इकाइमा ल्याएर परीक्षण गर्ने भन्नेमा निर्णय गर्ने अधिकार सम्बन्धित इकाइलाई नै दिइएको छ ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।

उहांका अनुसार उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ ।

परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको शिक्षा सचिव चूडामणि पौडेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया