आज विश्व अटिजम जागरुकता दिवस
चैत्र १९, २०८२ | काठमाडौं
विश्व अटिजम जागरुकता दिवस आज विश्वभरसचेतना मुलक कार्यक्रम गरि मनाइंदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो ।
अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।
दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी राष्ट्रसंघले जनाएको छ ।
दिवसको यो वर्षको नारा अटिजम र मानवता हरेक जीवनको मूल्य हुन्छ रहेको छ ।
यस्तै, विश्वमा प्रत्येक १ सय २७ जना व्यक्ति मध्ये १ व्यक्तिमा अटिजमको लक्षण भएका छन् ।
यस्तै, नेपालको पछिल्लो जनगणना २०७८मा अटिजमलाई समेत समावेश गरिएको थियो ।
जसबाट ४ हजार ८ सय ८६ जना अटिजम भएका व्यक्ति पहिचान भएको थियो ।
अटिजम भएका करिव ९० प्रतिशत बढी बालबालिकामा सामाजिक अन्तरक्रिया, भाषा विकास र व्यवहार सम्बन्धी प्रारम्भिक लक्षण देखिने गरेका छन् ।










