एएफसीले एन्फालाई दुई हजार डलर जरिवाना गर्यो

पुस ४, २०८२ | काठमाडौं

एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई दुई हजार डलर जरिवाना गरेको छ ।

एसियाकप छनोट तेस्रो चरणको मलेसियाविरुद्धको खेल मैदानमा ढिला प्रवेश गरेको आरोपमा नेपाललाई कारबाही स्वरुप जरिवाना तिराउने निर्णय भएको हो ।

अघिल्लो महिना मलेसियामा भएको खेलमा नेपालले मैदान प्रवेश गर्न एक मिनेट ३० सेकेन्ड ढिला गरेको कमजोरीमा नेपालले २ लाख ८० हजार बढी रुपैयाँ तिर्नु परेको हो ।

सो खेलमा नेपाल नेपाल १–० ले पराजित समेत भएको थियो ।

मलेसियालाई पनि सोही आरोपमा दुई हजार पाँच सय डलर जरिवाना गरेको छ ।

एएफसीको अनुशासन तथा आचारसंहिता समितिले नेपाल र मलेसियालाई कारवाही गर्न सिफारिस गरेको एन्फाले जनाएको छ ।


प्रतिक्रिया