भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा अनियमितता

माघ ११, २०८२ | सुनसरी

कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघले भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा अनियमितता भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

संघका अनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा अन्य सप्लायर्सले अमेरिकाबाट उच्च गुणस्तरको कोइला खरिद गरी भारतको हल्दिया पोर्ट बन्दरगाह हुँदै नेपाल भित्र्याउने क्रममा बाटोमै कोइला अदलबदल गर्ने, ट्रकको सिल तोडफोड गरी नक्कली सिल प्रयोग गर्ने जस्ता गैरकानुनी गतिविधि भइरहेको हो । 

संघले आज पत्रकार समेलन गरी विगत केही दिन अघि देखि हल्दिया पोर्टबाट भारतीय ट्रक नम्बरको तीनवटा सवारीसाधन मार्फत आएको कोइला परीक्षण गर्दा पोर्टमा गरिएको ल्याब परीक्षणभन्दा निकै कम गुणस्तरको पाइएको जनाएको छ । 

गलत कार्यमा संलग्न ट्रक र ट्रान्सपोर्ट कम्पनीमाथि छानबिन र कारबाहीको माग गरिएको संघका अध्यक्ष खगेन्द्र श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया