सुनसरीमा रास्वपाको चुनावी सभा
फाल्गुन १२, २०८२ | काठमाडौं
चुनावी सभालाई तीव्र बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीमा सभाको आयोजना गरेको छ । प्रदेशस्तरीय चुनावीसभामा केन्द्रित भएको सो पार्टीले मतदाता भेटघाटसंगै चुनावी सभा गरेको हो । आज भएको चुनावी सभामा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनद्र शाहतका नेताहरुले सम्बोधन गरेका छन् ।
सभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले निर्माण व्यवसायीले जनाएको असहमतिको विषयमा समेत आफ्नो धारणा राख्नु भएको छ । व्यवसायीलाई समयमै निर्माण सम्पन्न गर्नका लागि आवश्यक उपकरणको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
केहिदिन धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता शाहले समयमा निर्माण सम्पन्न नगर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको थियो ।
सोहि अभिव्यक्तिलाई लिएर निर्माण व्यवसायीले समेत आफ्नो ध्यानाकर्षण भएको जनाएपछि रास्वपा सभापति लामिछानेको पछिल्लो अभिव्यक्ति आएको हो । यसैबीच वरिष्ठ नेता शाहले धरानमा रहेको खानेपानी लगायतको समस्या समाधानका लागि समेत रास्वपाले सक्रियता देखाउने बताउनुभयो । देशव्यापी प्रचार प्रसार शुरु गरेको रास्वपाले यसअघि दाङ, मकवानपुर, धनगढी र सुर्खेतमा प्रदेशस्तरीय सभा गरिसकेको छ ।









